२३ बैशाख २०८१, आईतवार
Follow Us

लकडाउन अझ कडा : विहानै १ हजार बढी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७७, मंगलवार ०५:३९

काठमाडौं । प्रहरीले उपत्यकामा लकडाउनमा थप कडाई गर्न थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि लकडाउन लागू गरिए पनि उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले थप सक्रियता देखाउन लागेको हो ।

सोही क्रममा आज विहान मात्रै उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिमध्ये ८ सय ३१ पुरुष र २ सय ८० महिला रहेका छन । प्रहरीले सवारी पास नलिइ कुदाइएका ९८ वटा सवारीसाधन सहित मानिस पनि नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएकालाई तीन घण्टासम्म राखेर प्रहरीले घर पठाउने गरेको छ । अत्यआवश्यक सवारी बाहेक काठमाडौं भित्रिन पनि रोक लगाइएको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको थियो ।

सरकारले गत चैत्र ११ गतेदेखि लागू गरेको लकडाउन आज ३६ औं दिनमा पुगेको छ । पछिल्लो पटक लकडाउन बैशाख २५ गतेसम्मका लागि थप गरिएको छ ।