२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कोभिड–१९ बाट मुक्तिका लागि दान गर्न एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको अपिल (भिडियो)

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७७, मंगलवार ०९:४२

आज सारा मानव जाति नै कोभिड–१९ बाट अति नै कष्टकर र अप्ठ्यारो समय बिताउनु परेको छ । यो कोभिड–१९ विरुद्धको युद्धमा ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । उहाँहरुको आत्माको चीर शान्तिका लागि भगवानसँग प्रार्थना गर्नेछु । साथै, भगवानले उहाँहरुको परिवारलाई धैर्यधारण गर्ने शक्ति र सामथ्र्य दिउन् । जसले गर्दा यो कष्टकर समय उहाँहरुले सहज तरिकाले बिताउन सकून ।

आदरणीय गैरआवासीय नेपाली मित्रहरु यो समय नेपालमा होस् वा नेपाल बाहिर बस्ने नेपालीहरुका लागि होस् अति नै कष्टकर, एकदमै अप्ठ्यारो र जटिल बन्दै गइरहेको छ । यो जटिलता अझै लम्बिने संकेत देखिएको छ । यस्तो अवस्थामा हामी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु एक जुट भएर कोभिड– १९ विरुद्ध लड्नुपर्ने बेला आएको छ ।

हुन त सारा मानव जगत् नै कोभिड–१९ विरुद्ध उभिन सकिएन वा यस्तो विषम परिस्थितिमा पनि म ठूलो, अरु सानो, को सत्रु, को मित्र भनेर छुटाउन थालियो भनेदेखि यो कोभिड–१९ विरुद्ध हामीलाई विजय पाउन सक्दैनौं । यो लडाइँमा हामी मानव जाति पराजित हुनेछौं । त्यसकारण मेरो अनुरोध छ, सारा मानव जाति नै यो कोभिड–१९ विरुद्धमा एक भएर अगाडि बढ्नुपर्छ ।

आज सकरात्मक सोच, सकरात्मक दृष्टि, सकरात्मक विचार, सकरात्मक आचारण र सकरात्मक समर्पणको अति नै आवश्यकता देखिएको छ । हामी सबै दाजुभाइ दिदीबहिनीहरु अप्ठ्यारो परेको समयमा कोभिड–१९ बाट मुक्ति पाउनका र स्वतन्त्रता पाउनका निम्ति, यो अप्ठ्यारोबाट सहज तरिकाबाट बाहिर निस्कनका निम्ति आर्थिक रुपमा अलिकति भए पनि दान चाहिँ गर्नुपर्ने रहेछ ।

दान भनेको सहयोग हो, त्यो सहयोग तपाईं हामी सबैलाई आवश्यकता छ । आजको समय सुहाएको छ, जुन बेलामा केही सहयोगकर्ताहरुले अप्ठ्यारो परेको व्यक्तिलाई मात्र सहयोग गर्छन् भनेदेखि आज प्रत्येक व्यक्ति आफै अप्ठ्यारो अवस्थामा छ । र, उसले सहयोग गर्नुपरेको छ ।

त्यसले गर्दा हामी गैरआवासीय मित्रहरुहरुलाई अनुरोध गर्न चाहन्छौं, एनसीसीका साथीहरु आर्थिक संकलनमा लाग्नुभएको छ । उहाँहरुप्रति म आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु । यो अप्ठ्यारो समयमा तपाईंहरुले काम गरिराख्नु भएको छ, जुन अति नै धार्मिक, आध्यात्मिक, र सामाजिक काम हो । यसमा तपाईंहरुलाई सफलता मिलोस् । र, प्रत्येक गैरआवासीय नेपाली मित्रहरुलाई हामी विदेशमा बस्ने नेपालीहरुका लागि पनि र नेपालमै बस्ने दाजुभाइ दिदी बहिनीहरुका लागि पनि कुन रुपमा कति सहयोग गर्न सकिन्छ, दिल खोलेर यसमा सहयोग गरौं, यो सहयोग, हामी तपाईं सबैका लागि आवश्यकता छ ।

यो सहयोगबाट हामी अवश्य पनि कोभिड–१९ विजय प्राप्त गर्नेछौं । त्यसपछि देशलाई समृद्ध बनाउने हामीले जुन सपना बोकेका छौं, त्यसमा अहोरात्र लागेर हामी अगाडि बढ्ने छौं भन्ने हामी सबैमा विश्वास जागोस् । हामी सबैले संकल्प गरौं र कोभिड–१९ विरुद्ध हामी नेपाली दाजुभाइ दिदीबहिनीहरु एक भएर अगाडि बढ्औं ।

यसमा आफूले सकेजति सहयोग गर्न अलिकति पनि कन्जुस्याइ नगरौं, मुठी खोलेर सहयोगको हात अगाडि बढाइ दिनुहोला भन्ने अनुरोध छ ।

डा. उपेन्द्र महतो
संस्थापक अध्यक्ष गैरआवासीय नेपाली संघ