१८ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना संक्रमितको संख्या ३२ लाख ४० हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार १५:४१

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३२ लाख ४० हजार नाघेको छ । संक्रमणबाट दुई लाख २८ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकामा १० लाख ६४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट इटलीमा २७ हजार ६ सय, बेलायतमा २६ हजार, स्पेनमा २४ हजार, फ्रान्समा २४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ६ सय १० पुगेको छ भने १ हजार ७९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या १६ हजार १ सय १७ पुगेको छ भने ३ सय ५८ जनाको मृत्यु भइसकेको छ ।