१७ असार २०८१, आईतवार
Follow Us

भारतीय नागरिकद्वारा सशस्त्र प्रहरीको पोस्टमा आक्रमण

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७७, बिहीबार १४:१८

बारा । बाराको सुर्वण गाउँपालिका ३ कबहीगोठस्थित नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले आज दिउँसो आक्रमण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय नागरिकले सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेका हुन् ।

नेपालतर्फ प्रवेश गर्न खोज्ने दुईजनालाई सशस्त्र प्रहरीले सीमाबाटै फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय नागरिकले प्रहरी पोष्टमा क्षति पु¥याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । भारतीय नागरिकले आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । एक सयको संख्यामा भारततर्फका नागरिक आएर तोडफोड गरि अस्थायी पोष्टमा सामान्य क्षति भएको र स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

केहीबेरको तनावस्थित स्थिति सामान्य बनेको सशस्त्र प्रहरीको भनाइ छ । क्षति पुगेको पोष्ट उनीहरुले नै बनाइदिने सीमामा खटिने भारतीय सीमा सुरक्षा बलले जानकारी दिएको छ । दुई दिनअघि बाराको बिश्रामपुर ४ बलिरामपुरमा खेतमा गएका स्थानीयलाई भारतीय एसएसबीका जवानले रोकेपछि स्थिति तनावपूर्ण बनेको थियो ।