१५ असार २०८१, शुक्रबार
Follow Us

‘अमेरिकी एयर फोर्सको जहाज नेपालमा किन आयो ?’

नेपालब्रिटेन संवाददाता
११ असार २०८१, सोमबार १४:२९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अमेरिकी एयर फोर्सका पाँच वटा जहाज नेपाल आएको दाबी गर्दै यस विषयमा सरकारसँग जवाफ माग गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । गत वैशाखको दोस्रो हप्ता अमेरिकी एयर फोर्सको जहाज कतारबाट नेपाल आएको उनले बताएका छन ।

उनले भने, ‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयर फोर्सको पाँच टा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे ।

यसैगरी यही असार २ गते पनि मलेसियाबाट सोही एयर फोर्सको जहाज साँझ आएर बिहान फर्कियो, ‘यी जहाजहरुमा के सामान आयो ? कसका लागि ल्याइयो ?

सामान्य हो भने प्राइभेट जहाज आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ?’ उनले यी विषयमा सरकारी र निजी सञ्चार माध्यमबाट पनि जानकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।