७ जेष्ठ २०८१, सोमबार
Follow Us

वृद्धभत्ता लिन जाँदा मृत्यु

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७७, बिहीबार ०५:२६

धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिनुभयो ।