२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या चार पुग्यो

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७७, सोमबार १४:३६

काठमाडौं । नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या चार पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराका ७० बर्षिय बृद्धको कोरोना संक्रमण पुष्टि भएको हो । निमोनियाको समस्या देखिएर जेठ २ गते भर्ना भएका बृद्धको जेठ चार गते अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट भने आठ दिनपछि अर्थात आज मात्रै आएको हो ।

कोरोना संक्रमितको अन्त्येष्टि भने मृत्यु भएको दिन नै भैसकेको अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमितको अन्त्येष्टि सरकारले तय गरेको मापदण्ड अनुसार गर्नुपर्नेमा हतार हतार गरिएपछि परिवारका सदस्यमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके र गुल्मीमा एक–एक जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् ।