२० बैशाख २०८१, बिहीबार
Follow Us

विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख १४ हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७७, मंगलवार १४:१९

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५६ लाख १४ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ हजार ९ सय नाघेको छ । अमेरिकामा १७ लाख ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ ।

त्यहाँ संक्रमितको संख्या ३ लाख ७६ हजार नाघेको छ भने २३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या तीन लाख ६२ हजार नाघेको छ भने तीन हजार ८ सय ७ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा एशियामै सर्वाधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । भारतमा संक्रमितको संख्या एक लाख ४६ हजार नाघेको छ भने ४ हजार १ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा पनि संक्रमितको संख्या ५७ हजार ७ सय नाघेको छ । त्यहाँ १ हजार एक सय ९७ जनाले ज्यान गुमाएका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३६ हजार ९ सय, इटलीमा ३२ हजार ८ सय, स्पेनमा २६ हजार ८ सय र फ्रान्समा २८ हजार ४ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर २३ लाख ६१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।