३१ बैशाख २०८१, सोमबार
Follow Us

नेपालमा आज ३३४ जना थपिए, कोरोना संक्रमित २६३४ र मृतक १० पुग्यो

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७७, बिहीबार १०:५४

काठमाडौं । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ ।

नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

दैलेखमा एकै पटक १०५ जनामा कोरोना संक्रमण
दैलेखमा एकै पटक एक सय पाँच जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा आज दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७, साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा योसहित संक्रमितको संख्या २ सय १० पुगेको छ ।