१८ बैशाख २०८१, मंगलवार
Follow Us

बाजुराको क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७७, शनिबार ०४:०८

बाजुरा । बाजुराको खप्तड छेडेदहस्थित क्वारेन्टिनमा एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका सातको क्वारेन्टिनमा रहेका ६५ बर्षिय बृद्धको गएराति मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्दै आएका थिए ।

साँझ खाना नखाएका उनको राति अचानक मृत्यु भएको खप्तड छेडेदह सात नम्बर बडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो । उनी २५ बर्षदेखि भारतमा बस्दै आएका थिए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । यसअघि बाजुराकै बूढीगंगा एक की दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो ।