३० बैशाख २०८१, आईतवार
Follow Us

रौतहटका १०२ जना संक्रमित कोरोना जितेर घर फर्किए

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार ०६:३४

रौतहट । रौतहटका १०२ जना संक्रमित कोरोना जितेर घर फर्केका छन । बुधवार साँझ गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसन बाट ६५ तथा गौर नर्सिङ्ग इन्ष्च्यिूटको आइसोलेसनबाट १६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर कृष्ण साहले बुधवार ८१ जना संक्रमित निको भएर घर फर्किएको बताए । संक्रमण निको भएर घर फर्किनेहरु ईशनाथ नगरपालिका, देवाही गोनाही, गौर, कटहरिया, राजदेवी नगरपालिका लगायतका छन् ।

यसअघि रौतहटको २१ जना संक्रमित निको भएर घर फर्कि सकेका छन । हाल रौतहटको राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसान उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुष, चन्द्रनिगाहपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बुधबार रौतहटमा कोरानाका ५३ नयाँ संक्रमित भेटिएका थिए । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय ७४ पुगेको छ । बुधबार गौर नगरपालिकामा २३, ईशनाथ नगरपालिकामा १४, राजपुर नगरपालिकामा १४ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।