२० बैशाख २०८१, बिहीबार
Follow Us

स्वाब हराउँदा चौरमा शब अलपत्र

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार ०६:४२

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका यमप्रसाद खनालको परिक्षणका लागि पठाएको स्वाब हराएको छ । परिक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शब मालारानी चारको चौरमा राखिएको छ ।

शवबाट पुन स्वाब संकलन गरेर भैरहवा पठाइएको छ । स्वाबको रिपोर्ट नआउदासम्म अन्तिम संस्कार नगरिने प्रशासनले जनाएको छ । मालारानी चारस्थित सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ बर्षिय खनाल उपचारका लागि बुटवल गएका थिए ।

घर फर्कँदै गर्दा बुधबार शीतगंगा नगरपालिकाको डोहेटेमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । भारतबाट आएका उनी यही १५ गतेबाट सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए ।