३१ बैशाख २०८१, सोमबार
Follow Us

कोरोना संक्रमणले विश्वभर ४ लाख ६२ हजार बढीको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ असार २०७७, शनिबार ०६:०४

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८७ लाख ५७ हजार नाघेको छ । संक्रमणबाट ४ लाख ६२ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २२ लाख ९७ हजार नाघेको छ । त्यहाँ १ लाख २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या १० लाख ३८ हजार नाघेको छ भने ४९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ५ लाख ६९ हजार नाघेको छ भने ७ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

एसियाली मुलुक भारतमा संक्रमितको संख्या ३ लाख ९५ हजार नाघेको छ । त्यहाँ १२ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ ।

संक्रमणबाट हालसम्म बेलायतमा ४२ हजार ४ सय, इटलीमा ३४ हजार ५ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४५ लाख ७३ लाख नाघेको छ ।