३० बैशाख २०८१, आईतवार
Follow Us

समाजसेवी अंगुरबाबा जोशीको निधन

नेपालब्रिटेन संवाददाता
६ असार २०७७, शनिबार १२:४३

काठमाडौं अग्रज शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । तीन सातादेखि छातीमा देखिएको संक्रमणका कारण उपचाररत जोशीको स्ट्रोकका कारण शनिबार काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो ।

शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो । काठमाडौं डिल्लीबजारकी अंगुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन् । जोशीको आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा शनिबार नै अन्त्येष्टि गरिने भएको छ ।