२० बैशाख २०८१, बिहीबार
Follow Us

साउदीले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने

नेपालब्रिटेन संवाददाता
९ असार २०७७, मंगलवार ०३:३८

रियाद । साउदी अरेबियाले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाइएको हो ।

यो वर्ष आफ्नो देशका तीर्थयात्रीले मात्र भाग लिन पाउने साउदी सरकारले गरेको हो । देशभित्रका नागरिकलाई पनि सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारले स्पष्ट पारेको छ ।

यसका लागि सबै सुरक्षाका उपाय अपनाउनुपर्ने ब्यवस्था पनि गरिएको छ । बकर इदको समयमा हुने हज यस वर्ष आउँदो अगस्टको पहिलो साता हुँदैछ । प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुसलमान मक्का मदिना पुग्ने गर्दछन् ।