२१ बैशाख २०८१, शुक्रबार
Follow Us

हल्दिवारी गाउँपालिकाको गाउँसभामै झडप

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०४:०८

विर्तामोड । झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभा चलिरहेको बेला बुधबार कार्यालय तोडफोड भएको छ । सडक नामाकरणको विषयमा उत्पन्न विवादमा लिएर नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताले गाउँ सभा चलिरहेको अवस्थामा गाउँपालिका घेराउँदै गर्दै तोडफोड गरेका हुन् ।

घटनाका बिषयमा गाउंपालिका अध्यक्ष र उपाध्यक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । झडपमा नेपाली कांग्रेसका गाउँपालिका उपाध्यक्ष गङ्गाप्रसाद प्रसाइ र राप्रपा वडा नम्बर २ का अध्यक्ष भिमराज फ्याक घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

साविक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा स्थानीय दलहरूबीचको विवादका कारण घटना घटेको बताइएको छ । ज्ञापनपत्र नलिएको भन्दै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले सभा बिथोल्दै एक्कासि तोडफोड गरेका थिए ।

तोडफोडसँगै राप्रपाबाट जितेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनसहित ६ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका छन् । हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका छन् ।