२१ बैशाख २०८१, शुक्रबार
Follow Us

चट्याङ लागेर सप्तरी र मकवानपुरमा ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०४:१०

काठमाडौं । चट्याङ लागेर सप्तरीमा ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । आज विहान नुहाउन गएका बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर २ जनाको मृत्यु भएको हो । महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको छ । चट्याङ लागेर राजगढ गाउँपालिका बेल्ही चपेनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा केसी साह र आशा मण्डल रहेका छन । दुबैको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

त्यस्तै, हावाहुरीसँगै बुधबार राति परेको चट्याङले लागेर मकवानपुरमा २ महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मकवानपुरको बकैया गाउँपालिका–२ कालापानीमा परेको चट्याङले लागेर २५ वर्षीया बिना घिसिङ र १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको हो ।

चट्याङ लागेर १४ वर्षीय किरण जिम्वा घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकी धियालमा उपचार भइरहेको छ । घरमा सुतिरहेको अवस्थामा चट्याङ परेको थियो । सो क्षेत्रमा बारम्बार चट्याङका घटना हुने गरेका छन् ।