२३ बैशाख २०८१, आईतवार
Follow Us

बाग्लुङमा लागू पदार्थसहित वडाध्यक्ष पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ असार २०७७, शुक्रबार ०८:४२

बागलुङ । बागलुङमा एकजना जनप्रतिनिधि प्रतिबन्धित लागूपदार्थसहित पक्राउ परेका छन् । निसीखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती चरेस बनाउने सामाग्री सहित पक्राउ परेका हुन् । घर्तीको घरबाट ८६ किलो चरेस बनाउने कच्चापदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ । पक्राउ परेका घर्ती नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । बागलुङ जिल्लाका पश्चिम क्षेत्र गाजा उत्पादन तथा तस्करी हुने गरेको छ ।