२३ बैशाख २०८१, आईतवार
Follow Us

गुल्मीका १२ कोरोना संक्रमित डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१३ असार २०७७, शनिबार ०६:१८

गुल्मी । गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । इस्मा गाउँपालिकाका दश जना र मालिका गाउँपालिकाका दुई जना डिस्चार्ज भएका हुन् । इस्मा गाउँपालिकामा एक जना महिला र नौ जना पुरुष डिस्चार्ज भएका हुन् ।

संक्रमितहरुको दुई पटक पीसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनीहरु भारतबाट आएर गाँउपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए ।

हालसम्म गुल्मीमा २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् । कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।