२२ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार कृष्णबाबु पाण्डेको कार दुर्घटनामा मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार ०३:४४

रुपन्देही । रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको गएराति आफैले चलाएको कार दुर्घटनामा परि मृत्यु भएको हो ।

बुटवलबाट तिलोत्तमाको ड्राइभर टोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार तिलोत्तमा एक ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठक्कर खाएर दुर्घटना भएको हो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा स्थायी घर भएका पाण्डे गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए ।