२२ बैशाख २०८१, शनिबार
Follow Us

आज मदन भण्डारीको ६९ औँ जन्मजयन्ती

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार ०३:४६

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् ।

भण्डारीको जन्मजयन्ती भएका कारण आजको नेकपा स्थायी कमिटि बैठक स्थगित गरिएको छ । भण्डारी कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका थिए ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी निधन भएको थियो । उनको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।