२३ बैशाख २०८१, आईतवार
Follow Us

बङ्गलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार १४:३६

ढाका । बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ । उहाँको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उहाँको उपचारकै क्रममा निधन भएको जानकारी दिनुभयो । उहाँलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा उहाँलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

अवस्थामा सुधार नआएपछि उहाँलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताउनुभयो । बङ्गलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ७३८ जनाको मृत्यु भएको छ ।