२८ बैशाख २०८१, शुक्रबार
Follow Us

बझाङ पहिरो : ३ जनाको मृत्यु, ४ अझै बेपत्ता

नेपालब्रिटेन संवाददाता
२० असार २०७७, शनिबार ११:०१

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर ८, मल्लेसी गाउँमा गएराति पहिरोले घर बगाउँदा ४२ वर्षीय राममति जेठारा, उनका ११ वर्षे छोरा प्रयाग जेठारा र ७ वर्षीया छोरी अस्मिता जेठाराको मृत्यु भएको हो ।

पहिरोमा राममतिकी १५ वर्षे छोरी शान्ति जेठारा बेपत्ता छिन् । यसैगरी सोही ठाउँका ८० वर्षे दले जेठारा, २० वर्षे गिरिजा जेठारा र ११ वर्षीय सन्तुकुमारी जेठारा बेपत्ता भएका छन् । उनीहरुको स्थानीयले खोजी जारी राखेका छन् ।

शुक्रबार राति झरेको पहिरोले मल्लेसीका १७ वटा घर बगाएको छ । पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी लगायत धनसम्पत्ति सबै बगाएर लगेको स्थानीयले बताए ।

राति गाउँको विचमा बग्ने खोलाले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको थियो । पहिरो आएको थाहा पाएपछि केही व्यक्ति भने घरबाट भागेर बाँच्न सफल भएका थिए ।