३० बैशाख २०८१, आईतवार
Follow Us

अब अन्य बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

नेपालब्रिटेन संवाददाता
३१ असार २०७७, बुधबार १५:४४

काठमाडौं । एउटा बैंकको एटीएमबाट अन्य जुनसुकै बैंकको एटीएमा पैसा निकाल्दा थप शुल्क नलाग्ने व्यवस्था साउन १ गतेबाट हट्ने भएको छ । कोरोना संक्रमणलाइ मध्यनजर गर्दै नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एउटा बैंकको एटीएम अन्य जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

बजारमा चहलपहल भएसंगै आवतजावत पनि सहज भएकाले बिहीबारदेखि थप शुल्क लिनेबारे सम्बन्धित बैंकले नै निर्णय गर्ने गरि पहिलेको व्यवस्था हटाइएका विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

सोही अनुरुप अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकहरुले नै गर्ने छन् । इन्टरनेट बैंकिङ कारोबारको शुल्क नेपाल क्लियरिङ हाउसले निर्णय गर्नेछ ।