१ जेष्ठ २०८१, मंगलवार
Follow Us

सप्तरीमा कोरोना संक्रमित वृद्धाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४० पुग्यो

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७७, शुक्रबार ०४:२५

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर छ का ७२ वर्षीय वृद्ध रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । उनी मधुमेहका विरामी समेत रहेको अस्पतालले जानकारी दिएको छ । कोराना संक्रमणको पुष्टि भए पश्चात उनलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।