१ श्रावण २०८२, बिहीबार
Follow Us

नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित

nepalbritain news
२ श्रावण २०७७, शुक्रबार ०७:३९

काठमाडौं। शुक्रबार बस्ने तय भएको नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। यसअघि शुक्रबार विहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको थियो।

तर अन्तिममा आएर आइतबारसम्मका लागि स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। ‘दुई अध्यक्षबीच छलफलका लागि प्रयाप्त समय आवश्यक परेको हुनाले साउन चार गतेसम्मका लागि बैठक स्थगित भएको छ,’ थापाले डिसी नेपालसँग भने।

असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको राजीनामाको विषय उठेपछि प्रभावित हुँदै आएको छ। स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधरले जसरी पनि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने र प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिँदा पार्टीभित्रको विवादले निकास पाउन सकेको छैन।

धेरै पढिएको