१ जेष्ठ २०८१, मंगलवार
Follow Us

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा के छ ?

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७७, शुक्रबार ११:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ । आर्थिक वर्ष २०७७-७८ को लागि मौद्रिक नीति तर्जुमा गर्दै राष्ट्र बैंकले कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राहत दिएको हो ।

आज सार्वजनिक मौद्रिक नीतिले कोराना प्रभावित उद्योगलाई १ वर्ष र साना ऋणीलाई ६ महिना समय थप गर्ने व्यवस्था गरेको छ । त्यस्तै उद्योग, व्यवसायका लागि ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने मौद्रिक नीतिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । त्यस्तै राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्थालाई थप कडाई गरेको छ । अब बैंकहरुले कुल कर्जाको १५ प्रतिशत लगानी कृषिमा गर्नुपर्नेछ । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था थियो ।

१० प्रतिशत लगानी पनि अधिकांश बैंकहरुले पु-याउन नसकेर राष्ट्र बैंकले कारबाही गर्दै आएको थियो । यसैगरी कृषि क्षेत्रमा गरिने लगानीको अगुवाई कृषि विकास बैंकले गर्ने भएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरु मध्ये कृषि विकास बैंकले कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्दै आएको छ ।