३० बैशाख २०८१, आईतवार
Follow Us

नेकपा सचिवालय बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७७, शनिबार ०३:५०

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो हुने बैठकमा पार्टीभित्र देखिएको विवादमा सहमतिको प्रयास हुनेछ । असार १८ गतेदेखि स्थायी समिति बैठक स्थगित हुँदै आएपछि नेताहरु पुन सचिवालय बैठकमै छलफल गर्न तयार भएका हुन् ।

शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि सचिवालय बैठक बोलाइएको छ । पछिल्लो समय सचिवालयमा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र रामबहादुर थापा पार्टीभित्रको विवादमा अनावश्यक लम्ब्याउनु नहुने भन्दै प्रधानमन्त्री ओलीप्रति सकारात्मक भएको बताइएको छ ।

असार १० गतेदेखि सुरू भएको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि असार १८ गतेदेखि बैठक बस्न सकेको छैन । त्यसयता दुई अध्यक्षबीच पटक पटक छलफल जारी छ ।

स्थायी समिति बैठक लगातार स्थगित हुँदै आएको छ। अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ भने प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान राख्दै आएका छन् ।