२९ बैशाख २०८१, शनिबार
Follow Us

वनारसमा नेपाली युवकको शिर मुण्डन गराएको आरोपमा ४ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७७, शनिबार ०७:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई लिएर भारतको वनारसमा नेपाली युवकको जर्वजस्ती कपाल खौरिदिएको घटनामा संलग्न चार जना पक्राउ परेका छन् । कपाल मुन्डन गरिरहेको भिडियो खिच्ने सन्तोस पाण्डेय र अन्य तीन जनालाई पक्राउ गरिएको बनारस प्रहरीले जानकारी दिएको छ ।

पाण्डेको मोवाइलबाट भिडियो समेत बरामद भएको छ । वनारसमा एक धार्मिक संगठन चलाउँदै आएका अरुण पाठक नामक युवाले सो भिडियो शेयर गरेको देखिएपछि अनुसन्धान अघि बढाइएको वनारस प्रहरीले जनाएको छ ।

घटनामा संलग्नविरुद्ध कठोर कारवाही गरिने वनारस प्रहरीले जनाएको छ । विश्व हिन्दु सेनामा आवद्ध केही युवाले कपाल खौरेपछि ती नेपालीको शिरमा ‘जय श्रीराम’को नारा समेत लेखेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी समेत गरेका थिए ।