काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । शुक्रबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ जना उपचारपछि निको भएका छन् ।
मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।