३० बैशाख २०८१, आईतवार
Follow Us

लकडाउन थप खुकुलो बनाउने सरकारको तयारी

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७७, आईतवार ११:५३

काठमाडौ । सरकारले कोरोना महामारीका कारण बन्द गरिएका केही क्षेत्रलाई थप खुकुलो लैजाने तयारी गरेको छ । सिंहदरबारमा आज बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको संकट ब्यवस्थापन केन्द्रको बैठकमा साउन ७ गतेपछि थप केही क्षेत्र खुल्ला गर्ने बिषयमा छलफल भएको हो । केही क्षेत्र खुल्ला गर्नका लागि प्रस्ताव आएकाले त्यसबारेमा बिस्तृत छलफल गरेर मन्त्रीपरिषद बैठकमा प्रस्ताव लगिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोरोना महामारीपछि हवाइक्षेत्र, सिनेमा हल, बिद्यालय क्याम्पस, धार्मिक क्षेत्र लगायत अझै बन्द छ । सरकारले चैत ११ गतेदेखि जारी लकडाउन साउन ७ सम्म कायमै राखेको छ । केही क्षेत्रमा भने लकडाउन खुकुलो बनाइसकिएको छ । यातायात पनि छोटो दुरीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ । बैठकले बिभिन्न देशमा रहेका श्रमिकहरुलाई नेपाल ल्याउने क्रमलाई जारी राख्ने निर्णय पनि गरेको छ ।

समितिले कोरोना नियन्त्रणका लागि भएका कामहरु प्रभावकारी भएको निष्कर्ष निकालेको छ । त्यस्तै विश्वभर कोरोना संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि भएका प्रयासलाई जारी राख्ने निर्णय समितिले गरेको हो ।