१ जेष्ठ २०८१, मंगलवार
Follow Us

भारतमा एकैदिन थपिए ४० हजार बढी कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७७, सोमबार ०४:३५

भारत । भारतमा एकै दिन अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४० हजार दुई सय ४३ जना नयाँ संक्रमित फेला परेका छन् । यो एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो । अहिलेसम्म भारतमा ११ लाख १८ हजार एक सय सात जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणको कारण २७ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।