१ जेष्ठ २०८१, मंगलवार
Follow Us

अल्पसंख्यक उइगर मुस्लिम समुदायप्रति चीनले चरम दमन गरेको बेलायतको आरोप

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७७, सोमबार ०८:००

लन्डन । बेलायतले चीनले अल्पसंख्यक उइगर मुस्लिम समुदायप्रति चरम दमन गरेको आरोप लगाएको छ । बेलायतका विदेशमन्त्री डोमिनिक रावले चीनमा मुसलमान समुदायमाथि चरम मानवअधिकारको हनन् भइरहेको बताएका हुन् ।

बेलायतका केही सञ्चारमध्यमले उइगर मुसलमानलाई चीनको सिनजियाङ प्रान्तमा रहेका शिविरमा राखेर चरम यातान दिएको भिडियो सार्वजनिक गरेपछि विदेशमन्त्रीको प्रतिक्रिया आएको हो । विदेशमन्त्री रावले चीनले आफ्ना गतिविधि तत्काल सुधार नगरे प्रतिबन्धहरु लगाउन सक्ने चेतावनीसमेत दिएका छन् ।

लामो समयदेखि चीनले अल्पसंख्यकहरुमाथि दमन गरेका प्रतिवेदनहरु सार्वजनिक भएपछि बेलायतको कडा प्रतिक्रिया आएको हो । बेलायतका लागि चिनियाँ राजदुत लियू सियामिङले भने विदेशमन्त्री डोमिनिकको आरोपको खण्डन गरेका छन् । उनले चीनले सबै नागरिकमाथि समान ब्यवहार गर्ने पनि बताएका छन् ।

चीनले अल्पसंख्यक मुस्लिमको जनसंख्या नियन्त्रण गर्न भन्दै महिला तथा पुरुषहरुलाई अनुमति बिना परिवारनियोजन गर्ने गरेको प्रतिवेदन केही समयअघि सार्वजनिक भएको थियो ।