१ जेष्ठ २०८१, मंगलवार
Follow Us

आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ बाट खुला

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७७, सोमबार १६:२४

काठमाडौं । बिगत पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । कोरोना भाइरस को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो ।