३१ बैशाख २०८१, सोमबार
Follow Us

धादिङमा पहिरोले घर बगायो, एकै परिवारका तीनको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७७, मंगलवार ०४:३८

धादिङ । धादिङको त्रिपुरासुन्दरीमा पहिरोले घर बगाउदा तीन जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाँउपालिका– ६ आगिञ्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँण रहेका छन् । खाँड परिवारमा तीनजना मात्रै रहेको प्रहरीले जनाएको छ । वरपरका अन्य घरमा भने पहिरोले कुनै क्षति गरेको छैन । हिजो पनि पहिरोमा परेर गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परिवारको मृत्यु भएको छ ।

निरन्तरको वर्षाले जिल्लाको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा क्षति पुर्‍याएको छ । धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किदाँ आवातजावत ठप्प छ । पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।