३० बैशाख २०८१, आईतवार
Follow Us

महोत्तरीका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०७७, बुधबार ०४:५६

काठमाडौं । कोरोना भाइरस संक्रमण देखिएका एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

उनी गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।