२९ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना संक्रमित चिनियाँ नागरिकको त्रिवि शिक्षण अस्पतालमा मृत्यु

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०७७, बुधबार १०:०२

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित चिनियाँ नागरिकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा चिनियाँ महिलाको आज विहान मृत्यु भएको हो । संक्रमित ती महिलाको हृदयघातबाट मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो ।