१९ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा थप १४७ संक्रमित थपिए, संक्रमणबाट एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७७, बिहीबार ११:०१

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जका ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । यस्तै बिहीबार नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको मन्त्रालयले बताएको छ ।