१९ बैशाख २०८१, बुधबार
Follow Us

महासंघको साधारणसभा फेरि अनिश्चित

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७७, बिहीबार १५:४८

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको महाविधेशन यसअघि तोकिएको समयमा नहुने भएको छ । महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको बैंठकले साउन २६ र २७ गतेको लागि तोकिएको निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको हो ।

सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने भनेकाले महासंघले पनि आफ्नो ५४ औँ वार्षिक साधारणसभा सारेको हो । सरकारले गोष्ठी, सभा सम्मेलन खुलाएको १५ दिनसम्ममा निर्वाचन गर्ने निर्णय बैठकले गरेको हो ।

मिति भने बैठकले तय गरेको छैन । गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको छ । पछिल्लोपटक महासंघको कार्यकारिणी समिति बैठकले साउन २६ र २७ गते राजधानीमा गर्ने निर्णय गरेको थियो । योसँगै महासंघको ५४ औं साधारण सभा तेस्रो पटकको लागि तोकिएको मितिमा नहुने भएको हो ।