२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार १२:५२

काठमाडौ । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वाच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएपछि नागरिकहरु विरोधमा उत्रिएका छन् ।

पूर्वडीआईजी कोइराला रिहाइविरुद्ध नागरिकका तर्फबाट शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्चअदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद जेल सजाय तोकेको थियो ।

तर गत असार १५ गते सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला बिहीबार जेलमुक्त भएका थिए ।