काठमाडौ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी बारा परवानीपुरकी १९ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । झाडापखाला र भाइरसको समस्या देखिएर अस्पताल भर्ना भएकी युवतीको उपचारको क्रममा आज साँझ मृत्यु भएको हो ।
युवतीको आरडीटीमा एन्डीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । पीसीआर परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ । किशोरीलाई शुक्रबार राति वीरगन्ज हेल्थ केयर अस्पतालले कोरोना विशेष अस्पतालमा पठाएको छ ।