२२ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना संक्रमणले नेपालमा आज ३ को मृत्यु, १३९ मा संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७७, सोमबार ११:०१

काठमाडौं । नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९५० पुगेको छ । कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ६२६ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १६ हजार ३७१ जना रहेको छ ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।