२८ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं उपत्यकामा १५ सहित नेपालमा थपिए २१० कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७७, बुधबार ११:२२

काठमाडौं । काठमाडौं उपत्यकामा १५ जनासहित नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा १४६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ६० जना छ ।

हलासम्म कोरोनालाई जितेर हालसम्म १४ हजार ७१ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७२ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा १४ हजार ४ सय ७१ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ७३ जनको पीसीआर परिक्ष गरिएको

जनाइएको छ । नेपालमा ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । काेरानाका कारण ४९ जनाको मृत्यु भएको छ ।

भोजपुर,संखुवासभा, रसुवा,मनाङ, मुस्ताङ गरी ५ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । रौतहट र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।