३२ असार २०८२, बुधबार
Follow Us

कोरोना संक्रमणले नेपालमा आज ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७७, बुधबार १४:५५

काठमाडौं । कोरोना संक्रमणले आज बुधबार नेपालमा तीनजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र नेसनल मेडिकल कलेज र गण्डक कोभिड अस्थायी अस्पतालमा एक-एकजनाको मृत्यु भएको हो ।

नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्यु भएको गण्डक कोभिड अस्थायी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

नेसनल मेडिकल कलेजमा मृत्यु भएका पुरूषमा पखलाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो ।

गण्डक अस्पतालमा मृत्यु भएका संक्रमित पुरुषको भने पछिल्लो छ दिनदेखि अस्पतालको ‘आइसोलेसन’मा उपचार चलिरहेको थियो । उनमा मुटुको समस्या थियो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

विराटनगरको कोभिड अस्पतालमा उपचाररत् उनको अवस्था गम्भीर भएपछि धरान ल्याइएको थियो । योसँगै नेपालका कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

धेरै पढिएको