२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार ०६:३६

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज बिहान आएको परीक्षण रिपोर्टमा थप नौ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका नौ जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको छ । नक्सालमा कार्यरत ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित बस्ने ब्यारेक र भान्सा सिल गरिएको छ । थप सतर्कता अपनाउँदै कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रहरीले जनाएको छ ।