२२ बैशाख २०८१, शनिबार
Follow Us

भाटभटेनी सुपरमार्केटको ट्रक त्रिशुलीमा खस्यो

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार ०६:३८

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको भाटभटेनी सुपरमार्केटको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिन नजिकै त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । काठमाडौं आउँदै गरेको ना ३ ख ७९८७ नम्बरको ट्रक विपरित दिशाबाट आउँदै गरको ना ६ ख ५६८७ नम्बरको ट्रकसँग ठक्कर खाएर त्रिशुलीमा खसेको हो ।

ट्रक चालक राजेन्द्र बस्नेतले भने हामफालेर ज्यान जोगाएका छन् । दुर्घटनामा घाइते उनको मुग्लिन हाइवे अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक पूर्णरुपमा त्रिशुलीमा डुबेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।