२२ बैशाख २०८१, शनिबार
Follow Us

आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार ०६:४१

नेपालगञ्ज । आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका थप ११ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि नै दुईजनामा संक्रमण देखा परेपछि गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

कार्यालयका कर्मचारीसहित बाँकेका २७ जना, बर्दियाका सात र दाङमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल, नेपालगञ्जले जनाएको छ । आन्तरिक राजश्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चारजना बाँके, सुर्खेतका दुईजना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक–एक जना रहेका छन् ।

नेपालगञ्जको वडा नं ११, त्रिभुवनचोक आसपासका १३ जनामा कोरोना देखिएको छ । बर्दियामा क्वारेन्टाइनमा आत्महत्या गरेकासहित सात जनामा कोरोना पुष्टि भएको छ । कोरोना देखिनेमा ठाकुरबाबा, गेरुवाका छन् । दाङमा दुई जनामा कोरोना देखिएको छ । उनीहरु राप्ती र गडवाका हुन् ।