२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रचण्डको पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ मा के छ ?

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार ०६:४५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष दाहालले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन् ।

पुस्तकमा राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना र संबिधान कार्यान्वयनदेखि सशस्त्र विद्रोहका प्रसंगहरु समेत समेटिएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ३ सय ८५ पेजको छ ।