१६ बैशाख २०८१, आईतवार
Follow Us

गेसोद्वारा ११ सदस्यीय संघर्ष समिति गठन

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७७, शुक्रबार १८:३३

समितिमा बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको संयुक्त सहभागिता

लन्डन । ज्येष्ठ नागरिक (सिनियर सिटिजन) लाई सम्मानस्वरूप दिंइदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने नेपाल सरकार विरुद्ध गेसोले ११ सदस्यीय ‘गोरखा भूतपूर्व सैनिक संघर्ष समिति’ गठन गरेको छ ।

एक भेलाबीच गेसो सभापति कृष्णकुमार राईको संयोजकत्वमा गठित उक्त समितिमा बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको संयुक्त सहभागिता छ ।

समितिको सहसंयोजकमा भारतीय सेनाका भेषशंकर पुरी र सिंगापुर पुलिसका नौराज राई रहेका छन् । तेस्तै नवगठित समितिको सचिवमा बेलायती सेनाका जीतबहादुर राई र कोषाध्यक्षमा भारतीय सेनाका क्या. जीवनकुमार श्रेष्ठको नाम उल्लेख छ ।

सदस्यहरुमा बालकृष्ण घर्तीमगर (भारतीय सेना), कुमारमान श्रेष्ठ (भारतीय सेना), मणिकिरात वान्तवा (बेलायती सेना), सहरमान तामाङ (बेलायती सेना) लगायत व्यक्ति रहेका गेसोद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता कटौती गरि विदेशी सेनामाथि विभेद गरेको भन्दै बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको तर्फबाट साउन ५ गते संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

गेसोको उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरि १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिइसकेको छ ।