१५ बैशाख २०८१, शनिबार
Follow Us

उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७७, सोमबार ११:१०

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षणबाट ७४३ नयाँ सङ्क्रमित देखिएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप २२४ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १७७, लतिपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७५ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ८०६ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार २७५ जना रहेका छन् । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १३ हजार ७१५ रहेको छ ।